निर्वाचनमा विजयीहुने गरी अगाडि बढ्नोस्ः एमाले उपाध्यक्ष घिसिङ

नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ७ को टोलकमिटी बैठक तथा भेला बुधवार सम्पन्न भएको छ । एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आउँदो स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टी कमिटीका नेता कार्यकर्ताहरुले जिम्मेवारी पूर्पक आफ्ना काम कारबाहीहरु अगाडि बढाउन आग्रह गरिएको छ । प्रमुख अतिथिका रुपमा वोल्दै प्रमुख अतिथी घिसिङले एमालेलाई विजयी बनाउनका लागि सबै एकजुट भएर लाग्न निर्देशन दिनुभयो । अतिथीका रुपमा बोल्दै एमाले कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पार्टीलाई आफ्नो वडामा विजयी बनाउनका लागि कार्ययोजनासहित अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

No description available.

कार्यक्रममा एमाओवादीका एक दर्जन बढी कार्यकर्ता नेकपा एमालेका प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई उपाध्यक्ष घिसिङ, नगर अध्यक्ष श्रेष्ठ ,जिल्ला कमिटी सदस्य हरि अधिकारी, गोकर्ण भुजेल र मेनुका तिमिल्सिनाले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

No description available.
May be an image of 6 people, people standing and outdoors
May be an image of 10 people, people sitting, people standing and outdoors