बालबिवाह रोकथाम र न्यूनिकरणमा सिन्धुलीमैं अब्बल स्थानीय तह !

कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए । केटा पक्षको परिवारले खुसी भएर बिवाहलाई स्वीकार गरे पनि स्वस्तिका परिवारले भने उक्त विवाह अस्वीकार गरे । जसका कारण यति बेला माईती पक्षसंग स्वस्तिकाको आवतजावत र बोलचाल नै रोकिएको छ । केटा पक्षको आमालाई पनि यसरी भागेर छोराले बिवाह गरेको मन परेको थिएन । सबै परिवारको सदस्यले स्वीकार गर्दा आफु फाल्टु हुनु पर्ने भएपछि उनले पनि स्वीकार गरिन । ‘उमेर पुगेपछि छोराको बिवाह धुमधाम गरुँला भनेकी थिएँ ल्याईहाल्यो फर्काउन मिलेन’ महेशकी आमा प्रमिलाले भनिन् ।
कमलामाई नगरपालिका वडा नं. २ भद्रकाली खट्टारकी लक्ष्मी तामाङले पनि स्कुल पढ्दा पढ्दै १६ बर्षकै उमेरमा कुमार तामाङसंग भागेर विवाह गरिन् । २०७१ साल माघमा प्रेम बिवाह गरेकी उनको परिवारले पनि उक्त विवाह स्वीकार ग¥यो ।
विवाह गर्ने बालबालिका वा अविभावक उनिहरु कसैलाई पनि आफुले गलत काम गरेका छौं भन्ने कुरा थाहा नै भएन । यी त उदाहरण मात्र हुन यस्ता बालबिवाह गर्नेहरु अरु पनि धेरै छन् जसलाई परिवारले सहर्ष स्वीकार गरिरहेको छ ।
कमलामाई नगरपलिकाका कानून अधिकृत टंकबिक्रम थापा भन्छन्ः मुख्यतया सिन्धुलीमा बालबिवाह दुई किसिमले भएको पाईन्छ । एउटा अभिभाबकहरुले बेलैमा बिवाह गरिदिने र अर्को बालबालिकाहरु आफैंले एकअर्कासँग आर्कषित भएर भागेर बिवाह गर्ने । यी दुबै खालको समस्या सिन्धुलीमा रहेको छ । तर यी दुबै खालका बिवाहमा भने अभिभाबकको मन्जुरी देखिने गरेको उहाँको अनुभव छ ।
पुर्ब बालसञ्जालका अध्यक्ष रामकाजी घलान भन्छन् ‘बालबिवाह हुनुको पहिलो कारण अभिभाबक नै हुन् ।’ नगरपालिकामा बाल क्लब सक्रिय छन् । कमलामाई नगरपालिकाभित्र मात्रै ९० ओटा बालक्लबहरु छन् । ति बालक्लबहरुले बालबालिकालाई संगठित गर्ने, बालबिवाह, बालश्रम, बालबालिकामाथि हुने हिंसा दुव्र्यवहारको बिरुद्ध आवाज उठाई रहेका छन् । तर बालबालिकाको कुरा अभिभाबकहरु सुन्दैनन् । घलानले ‘बालक्लबसँग मिलेर बालबिवाह रोक्ने, प्रहरीलाई खबर गर्ने जस्ता काम गर्दा विभिन्न किसिमको चुनौतीको सामना गर्नु परेको तीतो अनुभव उहाँसँग छ । उनी भन्छन्–‘ज्यान मार्ने धम्की, गालि बेइज्यती जस्ता समस्याको समना गर्नु प¥यो र समाजमा खुलेर हिन्न सक्ने बाताबरण पनि छैन ।’ बालविवाह विरुद्ध लाग्दा निकै जोखिममा परेको उनको भनाई छ ।
इन्सेक जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीका अनुसार जिल्लामा बालविवाह व्याप्त रहेको छ तर यसलाई परिवार, समाजले सहज रुपमा स्वीकार गरेका कारण उजुरीका रुपमा आउँदैनन । ‘बालविवाहका कारण सानो उमेरमा आमा बन्नेको संख्या पनि बढ्न थालेको उहाँको विश्लेषण छ ।
नेकपा एमालेकी जिल्ला कमिटी सदस्य एवम् महिला सञ्चारकर्मी रमा कार्की भन्नुहुन्छ ‘बालबालिकाले प्रेम विवाह गर्ने र नस्वीकारे आफुबाट अगल हुने वा छुट्याउदा मर्लान् भन्ने डरका कारण अविभावकले स्वीकारेको पाइन्छ ।’
जिल्लामा भने बालबिवाह गर्ने जोडीहरुलाई परिवार, आफ्नो आफन्तले बालबिवाह गर्नु हुदैन भन्नुको साटो ‘भै गो नी ?’ भनेर स्वीकृती दिएकै कारण पनि बाल बिवाहको उजुरी कसैले पनि गरेको पाइदैन । कमलामाईका कानून अधिकृत एवम् अधिवक्ता थापा भन्नुहुन्छः बरु उल्टै विवाहमा सामेल भएर बधाई दिएर भोज भतेर खाएर नाचगान गर्दै रमाईलो गर्ने चलन छ । उजुरीका लागि नगरपालिका वा प्रहरीमा जाने दर निकै कम छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा चालु आर्थिक बर्षमा बालबिवाह भएको भन्दै ३ ओटा मात्रै उजुरी दर्ता भएको छ ।
अधिवक्ता थापाका अनुसार वालबिवाह न्युनिकरणको लागि पुरोहित (धर्मगुरु) लाई पनि चेतनाको आबश्यक छ । स्थानीय निकायले कानून निर्माण र कार्यान्वयनको लागि पहल गरिरहँदा समुदायनैं बाधक बनेका उदाहरण नगरपालिकाको न्याय समितिमा छ । उहाँ अगाडि भन्नुहुन्छः वालवालिकाको अधिकार रक्षाका लागि कमलामाई नगरपािलका र स्वयमं नगरप्रमुख पनि अत्यन्त संवेदनशिल हुनुहुन्छ, हामी समस्यामा परेकाहरुलाई आवश्यक्ताका आधारमा सहयोग पनि गर्दैआएका छौं । कमलामाई नगरपालिकामा उपप्रमुख मञ्जु देवकोटाको संयोजकत्वमा न्यायिक समिति क्रियाशिल छ ।
नेपालको संबिधानको धारा २९ को उपधारा ५ मा कुनै पनि बालबालिकाहरुलाई बालबिवाह, गैर कानूनी ओसारपसार र अपहरण गर्ने वा बन्धक राख्न नपाईने ब्यबस्था उल्लेख गरेको छ । मुलुकी ऐनमा बिवाहको उमेर २० बर्ष तोकिएको छ । २० वर्ष नपुगी हुने बिवाहलाई बालविवाह भनिन्छ जुन गैर कानूनी छ । बालबिवाह गर्ने र गराउनेलाई कानूनले दण्डित गर्छ । तर सिन्धुलीमा स्कुल पढ्दै गरेका किशोर किशोरीहरुले भागेर बालबिवाह गरेको पाइन्छ । अभिभाबकले पनि त्यसलाई स्वीकार गरिरहेका छन् ।
बाल बिवाह गर्ने गराउनेलाई ३ बर्ष सम्म कैद र ३० हजार रुपैयासम्म जरीवाना हुन सक्ने र बालबिवाह भएको देख्नै बितिकै या तिन महिनासम्म बाल बिवाह भएको देख्ने जो सुकैले पनि प्रहरीमा उजुरी दिन सक्ने र उजुरी दिने ब्यतिmको नाम ठेगाना पनि गोप्य राखी प्रहरीले काम कारबाही अगाडि बढाउन सक्ने कानुनी व्यवस्था रहेको छ । (साभारः कमलामाई फिचर सेवा)