स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्तिले मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने

स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्ति मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

आयोगले बुधबार उम्मेद्वार हुने व्यक्ति संविधान, कानुन, निर्वाचन निर्देशिका र आचारसंहितको अधिनमा रही १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्णय गरेको छ। उक्त स्वघोषणा पेश भएको सम्पत्ति विवरण साँचो हुनुपर्ने उल्लेख छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर ‘ञ’मा उल्लेख गरिएको छ, ‘मनोनयनपत्र साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको।’

आयोगले ठेक्कापट्टामा सहभागी व्यक्ति उम्मेद्वार हुन नपाउने व्यवस्था गरेको छ। मनोनयनका बखत व्यक्तिले आफू कुनै स्थानीय स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सक्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ।

आयोगले सरकार पेश्की, बेरुजु र्तिन बुझाउन बाँकी रहेको व्यक्ति पनि उम्मेदवार हुन अयोग्य हुने जनाएको छ।