सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो पालिका भित्रका व्यवसायिक किसानहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने उदेश्यले किसान परिचयपत्र बितरण गर्ने अन्तिम तयारी गरेको छ । कमलामाई नगरपालिकाको २५ औं स्थापना दिवश कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा रहेका किसानहरुलाई लक्षितगर्दै ‘किसान परिचयपत्र’ बितरण गर्न लागेको घोषणा गर्नुभएको हो ।

५ वर्षे निर्वाचित कार्यकाल सकिनैलाग्दा नगरप्रमुख खत्रीले किसानहरुलाई सोही कार्यक्रममा २२ थान हाते ट्याक्टरसमेत वितरण गर्नुभएको थियो । नगरप्रमुख खत्रीले सम्वोधनका क्रममा अगाडि भन्नुभयो– म कमलामाई नगरपालिकामा प्रमुख भएर आउँदा किसानहरुका समस्यानैं समस्याहरु थिए, अहिले ती समस्याहरु मध्ये धेरै पुरा भइसकेकाछन् । निर्वाचनका क्रममा मैंले गाउँ गाउँमा किसानहरुसँग भनेको थिए, मलाई विजयी गराउनुभएपछि तपाईहरुलाई नयाँ प्रविधीमा जोड्ने र त्यसैमा अभ्यस्त गराउने छु र व्यवसायिक कृषक बन्न सहयोग गर्नेछु । अहिले कमलामाई नगरपालिकाका किसानहरु पुरानो प्रविधी त्यागेर नयाँ प्रविधीमा लागिरहनु भएको छ र नगरपालिकालाई तरकारी तथा फलफुलमा आत्मनिर्भर बनाउँदै हुनुहुन्छ । दुधमा त नगरपालिका आत्मनिर्भर भइसकेको र मासु तथा अन्य उत्पादनहरुमा आत्मनिर्भर बन्ने प्रक्रियामा रहेको अबस्थामा हामीले किसानहरुलाई परिचयपत्रको व्यवस्था गरेर समाजमा सम्मानित पेशाका रुपमा कृषिक्षेत्रलाई पहिचान गराउने काम गरेका छौं, उहाँले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयोः कमलामाई नगरपालिका आफ्ना किसानहरुको उत्पादन र उत्पादकत्व बढाउनका लागि सबैखाले सहयोग गर्न तयार रहेको बताउँदै आफ्नो ५ वर्षे अबधिमा किसनाहरुका लागि उल्लेख्य काम गरेको स्मरण गराउनुभयो ।
कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विषकसेन ढकालले आफुले धेरै स्थानीय तहमा काम गरेको भएपनि कमलामाई नगरपालिकामा आएपछि भने निकै खुशी लागेको बताउनुभयो ।

कमलामाई नगरपालिकाले जनप्रिय काम गरेर उदाहरणीय बनिरहेको उल्लेखगर्दै उहाँले कमलामाई नगरपालिको सिन्धुलीगढी युद्ध संग्रहालय, व्यवसायिक तथा आत्मनिर्भर कृषि कार्यक्रम र प्रविधियुक्त कृषि कार्यक्रमको सफलताले आफुलाई सँधै खुशी बनाइरहने बताउनुभयो । अन्य स्थानीय तहमा धेरै बसियो तर कमलामाईको काम गराई निकै उत्कृष्ठ रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृत ढकालले बार्षिक उत्सव कार्यक्रममा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ११ का किसान मोहनवहादुर श्रेष्ठले हाते ट्याक्टर जिम्मा लिंदै भन्नुभयोः म जस्ता किसानहरुका लागि कमलामाई नगरपालिकाले व्यवसायिक बन्नका लागि प्रविधी र प्राविधकको सहयोग गरिरहेकाले काम गर्न निकै ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः यस अघि कमलामाई नगरपालिका कहिल्यै पनि किसान मैंत्री बनेको थिएन तर यो ५ वर्षमा हामीले राम्रो सहयोग पाएका छौं ।


कमलामाई नगरपालिका ७ कि किसान मिना पुलामीले पनि खेत जोत्नका लागि आफुले ट्याक्टर पाउँदा निकै खुशी लागेको बताउँदै परम्परागत गोरु जोतेर खेतीपाती गर्नु पर्ने बाध्यता हटेको उल्लेख गर्नुभयो । कमलामाई नगरपालिका १३ का किसान बृहस्पती पौडेलले किसान परिचयपत्र पाउने नगरप्रमुखको कुरा सुनेपछि आफुहरुको पहिचान हुने भएकोमा खुशी व्यक्त गरे । मकलामाई नगरपालिकाले आफ्नो पालिकाको १४ वटै वडामा एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत कृषिका विभिन्न पकेट क्षेत्र बनाउँदै प्रविधी र प्राविधक उपलब्ध गराएर व्यवसायिक किसानहरुलाई सहयोग गर्दै आएको छ । नगरपालिकामा अहिले एक वडा एक कृषि प्राविधिकले किसानलाई आवश्यक सहयोग पु¥याउँदै आएकाछन् । (साभारः कमलामाई फिचर सेवा)


















