रिलिफद्धारा आगलागी पीडितलाई राहत वितरण

तीनपाटन गाउँपालिका ११ का आगलागी पीडित रुद्र बहादुर मगरको परिवारलाई बिहीबार राहत वितरण गरिएको छ ।


रिलिफ नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारमा सञ्चालित बाल स्पोनसर सीप परियोजना अन्तर्गत राहत वितरण गरिएको हो ।


रुद्र बहादुरलाई गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले राहत सामाग्री वितरण गर्नु भएको रिलिफ नेपालका फिल्ड सुपरभाइजर शान्ति बरालले जानकारी दिनुभयो ।


आगलागी पीडित रुद्रलाई १ बोरा चामल, ५ किलो दाल, ५ लिटर तेल, १० किलो चिउरा, २ किलो दालमोट प्रदान गरिएको छ । २ ओटा त्रिपाल, नाइलन डोरी २ रोल, झुल २ ओटा, प्लास्टिक म्याट २ थान, ब्ल्याङकेट २ थान, सोलर बत्ती १ वटा, खाना पकाउन भाडा १ वटा, २ ओटा थाल–कचौरा, गिलास, डाडु पुनिउ प्रदान गरिएको छ ।


गत फागुन २३ गते दिउँसो आगलागी हुँदा रुद्रबहादुरको घर र घर भित्र रहेका सरसामान जलेर नष्ट भएको थियो । आगलागी पछि पीडित भएको आरसी परिवारलाई रिलिफले राहत वितरण गरेको हो ।