माओवादी केन्द्र सिन्धुलीमा पहिरो, सैयौं नेता कार्यकर्ता बिना शर्त एमालेमा प्रवेश ! (फोटो सहित)


सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी अध्यक्ष प्रचण्डको आलोचनागर्दै माओवादी केन्द्रको साधारण सदस्यतासमेत परित्याग गर्ने लहरले सिन्धुलीलाई पनि छोएको छ ।

No description available.

बुधवार मरिण गाउँपालिका वडा नं. २ मा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रका एक सय भन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको बुद्धिजीवी संगठनमा आवद्ध रहनुभएका खिलवहादुर गुर्मछानको नेतृत्वमा बुधवार एक सयभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा माओवादी केन्द्र सिन्धुली काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष गणेश आले मगर, प्रविण मगर, टेकेन्द्र गुर्मछान मगर, भुवन कुमार मगर, कान्छामान जिम्वा, लिला गुर्मछान, दिपा गुर्मछान, पुष्पा आले, हिमालप्रकाश गुर्मछान, नवराज अस्तानी, दिलवहादुर गुर्मछान, तिलकवहादुर घिसिंग, हरिवहादुर अस्तानी, इन्द्रमान जिम्वा, मोहन मगर, बीरवहादुर जिम्वा, रन्जीता गुर्मछान, सुकुमायाँ मगर, रत्नवहादुर राना मगर, रतन गुर्मछान मगर, केशवमायाँ गुर्मछान, दिलवहादुर दर्लामी, चोकवहादुर राना, नेपटे स्माली मगर, सुकुमायाँ डंगाली, नरेन्द्र घलान, रुपवहादुर डिम्डोंग, कान्छामान घिसिंग, नवराज ठाडा, भेसु मगर, सिद्धवहादुर लुम्रे, मनसुव लो, सुरशेकुमार अस्तानी, दुर्गावहादुर आले मगर, कुलवहादुर गुर्मछान, दिलवहादुर लुम्रेमगर, चन्द्रवहादुर स्यांतान, गिता थिंग, बाबुलाल घिसिंग, कितावसिं पाख्रिन र ठमान ठाडामगर लगायत १ सय भन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् वन तथा वातावरण विभाग प्रमुख विषमलाल अधिकारी दनुवारले अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दै नेता दनुवारले नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्र बन्दै गएकाले आउँदो स्थानीय निर्वाचनमा देखिएको लहरलाई कुनै पनि ताकतले रोक्न नसक्ने बताउनुभयो । एमालेकी अर्की केन्द्रीय सदस्य निरु दर्लामीले माओवादी अध्यक्ष प्रचण्डले विदेशी शक्तिको आडमा नेपाली जनतालाई धोखा दिएकाले बिद्रोह गरेर एमालेमा प्रवेश गर्न अपील गर्नुभयो । जनयुद्ध लड्ेका साथीहरु अहिले पनि संकटपुर्ण जीवन बिताइरहनु भएको छ, तर माओवादी नेताहरुलाई उनीहरुको दयनीय अबस्था वारे कुनै चासो र सरोका छैन, नेतृ दर्लामीले भन्नुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य गणेश बुढाथोकी, गोविन्दलाल माझी, कौशल कोइराला, एमाले जिल्ला सचिव नारायण बराल, युवा नेता दीपक माझी लगायतले सम्वोधन गर्नुभएको थियो ।

No description available.

केही दिन अगाडि महोत्तरी जिल्ल संयोजक तुलसी प्रसाद ढुंगानाको नेतृत्वमा एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले एक विज्ञप्ती मार्फत माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । उनीहरुले पार्टी त्यागेको घोषणा गरेसँगै मधेस प्रदेश बर्दिवास झरेका माओवादी नेता गिरिराजमणी पोखरेलले पार्टी छोडेकाहरुलाई फर्काउने प्रयत्न गरेका थिए तर सो कार्य असफल बनेको छ
त्यसैगरी सिन्धुली जिल्लाका दुई दर्जन भन्दा बढी प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्ताहरुले एमसिसी संझौता पारित गराउने प्रमुख भूमिका खेलेर पार्टीले राष्ट्र घात गरेको निश्कर्ष निकाल्दै पार्टी परित्याग गर्ने तयारी गरेकाछन् । सत्ताका लागि जस्तो सुकै फोहोरी खेल खेल्न पछि नपर्ने पार्टी नेतृत्वको पछिल्लो राष्ट्रघाती कदम कुनै पनि हालतमा स्वीकार्न सकिन्न, बाग्मती प्रदेश कमिटीका एक सदस्यले सन्देश जनप्रियसँग भने ।

No description available.

अब माओवादी केन्द्रमा रहन सकिन्न, हामीहरु संगठित रुपमा पार्टी परित्यागको तयारीमा छौं, उनले अगाडि भने । को को यो अभियानमा हुनुहुन्छ भन्ने जिज्ञासामा अहिलेनैं नाम सार्वजनिक गर्न सकिन्न, घनिभूत रुपमा साथीहरुका बीच छलफल चलिरहेको छ, उनले भने । स्मरणीयछ, जिल्ला इन्जार्च राजन दाहालको केही हप्ता अगाडि मात्रै पार्टी छोडेर गए हुन्छ भन्ने आशयको भनाई सामाजिक सञ्जालमा पोष्ट भएको थियो । त्यस्तै भनाई पार्टी अध्यक्ष प्रचण्डले पनि दिएका थिए, जुन कुरा एकता प्रक्रिया मार्फत आएका नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेललगायतका नेताहरु तर्फ लक्षित थियो ।
पार्टी छोड्ने तयारीमा रहेका माओवादी केन्द्र सिन्धुलीका नेताहरु अहिलेनैं कुनै दलमा प्रवेश गर्ने भन्ने खुलेको छैन । एक माओवादी नेताका अनुसार जिल्लामा पार्टी छोडेर जाने नेता कार्यकर्ताको संभावित ठूलो समूह देखिएपछि त्यसलाई मनोबैज्ञानिक रुपमा रोक्नका लागि पनि अध्यक्ष प्रचण्डलाई सिन्धुली ल्याउने काम गरिएको हो । प्रचण्डले असन्तुष्ट बनिरहेका नेताहरुलाई सम्झाउने प्रयास गर्ने थाहा लागेको छ । स्मरणीय छ, प्रचण्ड ५ गते जिल्ला पार्टी कार्यालय उद्घाटनका लागि सिन्धुली आउने भएका हुन् ।

No description available.
No description available.
No photo description available.

– यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।