रुस–युक्रेन युद्ध : प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन् । युद्ध सुरु भएपछि प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात् प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनेका छन् ।

कयौँ बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएका छन् । आमा–बुवा आफ्ना छोराछोरीलाई के भएको छ भनेर कसरी सम्झाउने भनेर चिन्तामा परेका छन् ।

केही बच्चालाई उनीहरु बिदा मनाउन घुम्न गइरहेको भनेर सम्झाइएको छ भने कसैलाई उनीहरुको घर सुरक्षित छैन र बुुवालाई देशको रक्षाका लागि सोही ठाउँमा रोकिनुु परेको भनेर बुझाइएको छ ।  

रुसी हमलापछि युक्रेनका ४.४ करोड नागरिकमध्ये करिब ३० लाखले देश छोडेका छन् ।