सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक ऋषि देवकोटा आजादको ४१ औं स्मृति दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा शहिद आजादको शालिकमा माला र पुष्प गुच्छा अर्पण गरिएको छ । माल्यार्पणपछि आयोजित कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारले शहिद आजादले देखाएको बाटोबाट अघि बढ्नु अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चागर्दै उहाँले देखाएको आदर्श र व्यवहारलाई अनुशरण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एमव् नेता खड्गवहादुर खत्रीले शहिद देवकोटाले सिन्धुलीलाई कम्युनिष्टको उर्वर भूमि बनाउन गरेको योगदान कहिल्यै विर्सन नसकिने बताउँदै उहाँले देखाएको बाटोबाट अगाडि बढेबात्रै गन्तब्यमा पुगिने बताउनुभयो । एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ नेता कमलजंग राई, उमा कोइराला, प्रदीप कटुवाल, डम्बर कार्कीलगायतको उपस्थिति रहेको थियो ।









४१ औं आजाद स्मृति दिवशका दिन आजाद नगरमा रहेको शालिकमा माल्र्यापणपछि एमालेका नेताहरु । फोटोः प्रदेशखबर

