सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक सहिद ॠषिराज देबकोटा आजादको ४१ औं स्मृति दिवश आज आजादनगर भिमानमा मनाईदै छ । नेकपा एमाले जिल्ला संगठन कमिटी सिन्धुलीको आयोजनामा आज मध्यान्ह १२ कार्यक्रम गर्ने तयारी गरिएको उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो । उहाँले सो कार्यक्रममा उपस्थित हुन सबै पार्टीका नेता कार्यकर्ताहरुलाई अपील पनि गर्नुभएको छ ।










