गठबन्धन सरकारले देशलाई विदेशीको क्रिडा स्थल बनायोः घिसिङ

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवशको अबसरमा राप्रपा नेपाल सिन्धुलीले एक कार्यक्रमगरी सो दिवश मनाएको छ । राप्रपा जिल्ला अध्यक्ष भिष्मराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले पार्टी बिभाजनबाट सिन्धुलीमा कुनै पनि असर नपरेको बताउनुभयो । देशभर आज प्रजातन्त्र दिवश मनाइरहँदा नेपाली जनतामा कुनै पनि उत्साह नभएको बताउँदै अहिलेको व्यवस्थानैं असफल बन्दै गएको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधनगर्दे राप्रपा सिन्धुलीका सचिव श्रीकृष्ण घिसिङले नेपाली जनताले अहिलेसम्म वास्तबिक प्रजातन्त्रको अनुभूति गर्न नपाएको र अहिले गठबन्धन सरकारले देशलाई विदेशीको क्रिडा स्थल बनाउन लागिहेको बताउनु भयो । उहाँले भ्रष्टाचार, अनियमितता र कालोबजारीमा चुर्लुम्म डुवेको सरकारले अमेरिकी सहायता परियोजना एमसिसी सदनबाट पारित गर्न खोखेर राष्ट्रघात गरेको उल्लेख गर्नुभयो ।
एनसेल जस्ता देशका ठूला व्यापारीलाई कर मिनाहा दिने र विदेशी दाताबाट सहयोग लिनका लागि देशघाती काम गर्ने गठबन्धन सरकार नेपाली जनताको सरकारै नभएको उहाँको दाबी थियो । कार्यक्रममा राप्रपाका जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।