
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो।
आज काठमाडौंमा पनि विशेष कार्यक्रमको आयोजना गरिँदै छ। जसमा प्रधानमन्त्रलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन्।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई फाँसी दिइएको थियो। उनीहरुले प्रजा परिषद् दल गठन गरेर भूमिगत रुपमा प्रजातन्त्रका लागि जागरण अभियान सञ्चालन गरेका थिए।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुआत भएको थियो।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतले शुभकामना दिएका छन्।