नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरकमिटी वडा नं. ६ अन्र्तगतको फुलवारीमा शशिकला आचार्यको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको छ । वडा पार्टी अध्यक्ष घनश्याम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोदकुमार खड्काले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै प्रमुख अतिथी खड्का, नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठले एमालेलाई जनताको पार्टी बनाउनका लागि टोलटोलबाट सबै कार्यकर्ताहरु लाग्न आग्रह गर्नुभएको थियो । स्थानीय निर्वाचन नजिकिंदै गर्दा एमाले कमलामाई नगरकमिटीले आफ्नो सांगठानिक गतिविधीलाई तिब्र रुपमा अगाडि बढाएको छ ।













