ओलीसँग आत्मसमर्पण गर्ने प्रचण्ड-माधवको धम्कीपछि पत्नी आरजुसहित बालकोट आइपुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाटस्थित निवास आउनु भएको छ । आज बसेको गठबन्धनको बैठकमा प्रचण्ड र माधवले उल्टो कुरा गरेपछि प्रधानमन्त्री देउवा बालकोट आउनु भएको हो ।

आजको गठबन्धन बैठकमा प्रचण्ड र माधवले धोको दिएपछि प्रधानमन्त्री देउवाले भन्नुभएको थियो, ‘सरकारमा बसेर एमसीसीको बिरोध गर्न र संसदमा टेबल हुनबाट रोक्न पाईंदैन, तपाईंहरु जे सुकै गर्नुस, सरकारले एमसीसी संसदमा पेश गर्छ ।’ प्रधानमन्त्री देउवाको यो भनाईलगत्तै प्रचण्डले एमालेसँग जुनसुकै बेला मिल्ने धम्की दिएर बाहिरएपछि प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित एमाले अध्यक्ष ओली निवास आउनु भएको हो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्तावमा नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुले बालकोटतिर जान्छौं भन्दै निस्किए पछि प्रधानमन्त्री आफै बालकोट आउनु भएको हो । बालकोटमा प्रचण्ड र माधवलाई निषेध गरिएको सत्य होकि होइन भनेर बुझ्न प्रधानमन्त्री ओली निवास आउनु भएको बालुवाटारस्रोतले जनाएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले प्रधानमन्त्री बालकोट आउनु भएको र नेतादेयबीच सपरिवार कुराकानी भइरहेको बताउनु भएको छ ।