सिन्धुलीः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका वडा नंं ६ को शिवनरमा टोल कमिटी गठन भएको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको प्रमुआतिथ्यतामा भएको बैठकले अर्जुन सुन्दासको अध्यक्षतामा २१ सदस्यीय शिनवगर टोल कमिटी गठन गरेको छ । बैठकलाई प्रमुख अतिथीका रुपमा सम्बोधनगर्दै अध्यक्ष श्रेष्ठले सुशी नेपाली सम्बृद्ध नेपाल बनाउने राष्टिय आकांक्षा पुरा गराउनका लागि एमालेका सबै कार्यकर्ताहरु इमान्दार भएर लाग्नु पर्ने बताए ।
उनले आउँदो निर्वाचनलाई ध्यान दिंदै पार्टी र संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउँदै जनताका समस्याहरुसँग् प्रत्यक्ष जोडिन आग्रहगर्दै उनले विगतका कमी कमजोरीबाट पाठ सिक्दै एमालेलाई बलियो पार्टीका रुपमा स्थापित गराउने पक्षमा काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा ६ नम्वर वडा पार्टीका नेताहरु धनश्याम देवकोटा, केशर नेपाली लगायतको उपस्थिति रहेको थियो । -पवन राउतबाट