बिरगंज महानगरपालिका ले आज फेरी कोरोनाअस्पतालको अनुमतिका लागी फेरी स्वास्थ मन्त्रालयमा पत्राचार गरेको छ । बैशाख ८ गते महानगरपालिका गण्डक अस्पताल सङ्ग सम्झौता गरे लगतै नारायणी का मेसु डाक्टर मदन उपाध्यायको नेतृत्वमा डाक्टर निरज सिंह र डाक्टर उदय नारायण सिंह मिलेर गण्डक अस्पतालमा पचास सैया को कोभिड अस्पताल संचालन गर्न सकिन्छ भनेर गण्डकी अस्पतालको अधयन गरेर दिएको रिपोर्ट सहितको रिपोर्ट समेत पठाई सकेपछि अहिलेसम्म अनुमति नपाएकोले आज फेरी मन्त्रालयमा पत्रचार गरिएको छ।
सबैलाई थाहा भए अनुसार बिरगंजको नारायणी अस्पतालमा अहिले पाँच जना करोना पोजेटिभ को उपचार भैरहेको र अहिलेसम्म चार जना ठिक समेत भएर गैसकेका छन् ।
र बिरगंज अहिले कोरोनाको ईपिसेन्टर हुने खतरा भएको र अहिलेसम्म पाँच जना कोरोना पोजेटिभ पहिचान भइसकेको अबस्थामा २ नम्वर प्रदेशमा कोरोनाका बिरामीलाई बिरगंजनै पठाउने गरेकोले चाडो भन्दा चाडो कोभिड अस्पतालको अनुमति लागि फेरी पत्राचार गरेको मेयर विजय सरावगीले बताउनुभयो। सरावगीका अनुसार बिरगंज मा कोरोना अस्पताल बनाउनका लागि आफु लागि परेको बताउनु भएको छ भने उक्त पत्रमा पाच हजार पिसिआर मेसिनको लागी भिटिआर किटको समेत माग गरिएको छ ।