प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।
‘आज एमसीसी टेबल नगर्ने , भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको छ’, बालुवाटार स्रोतले बताएको छ । बताइएको छ । दिउँसो बस्ने भनिएपनि बैठक भने यो समाचार तयार पार्दासम्म बसेको छैन ।











