महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले

प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको निष्कर्ष निकालेको हो ।  

बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै यस्तो प्रवृतिको प्रतिवाद गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले बताए  । 

स्थानीय तहको निर्वाचनलाई ढकेल्ने षयडन्त्र स्वरुपपनि आएको हुन सक्ने भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।  महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय गर्ने समेत बताए ।