न्यायालयको बेथिति हटाउन प्रधानन्यायाधीशमाथि महाअभियोगः प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्।

अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए।

अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्‍यो। स्वतन्त्र न्यालयमा यस्ता बेथिति देखापर्नु देश र जनताको लागि दुखःद थियो। यसको सहज निकास गठबन्धनले निकालेको छ।’

संवैधानिक बाटोबाट प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनले बताए। साथै उनले गठबन्धन कुनै पनि कारणले नटुट्ने दावी गरे।