जनयुद्धका सैन्य कमाण्डर भन्छन्ः अझैंसम्म शरिरमा गोलीको छर्रा बोकेर बाँचीरहेको छु

आज फागुन १ गते अर्थात २७ औं माओवादी जनयुद्ध दिवश । तत्कालिन माओवादी जनयुद्धका सेक्सन कमाण्डरले आज परेको जनयुद्ध दिवशलार्ई संझिरहेका छन् । बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार लगाएर आफ्नो शरिरमा रहेको गोलीको छर्रा कस्ले निकाल्न सहयोग गरिदेला भनेर चिन्तित पनि देखिन्छन् । जनताको सत्ता स्थापना गर्ने उदेश्यका साथ उनले तत्कालिन सरकारका बिरुद्ध हतियार उठाएका थिए । अहिले उनी पार्टी राजनीतिबाट टाढैछन् । उनको ७ जनाको परिवार पालनुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर शरिरका बिभिन्न भागमा रहेका गोलीको छर्राले दिने पिडाले निरन्तर सताईरहन्छ । चर्चित सिरहाको इलाका प्रहरी कार्यालय र बैंक कब्जा गर्ने कार्यमा सामेल भएका उनले अहिले पार्टी नताहरुको गतिधीलाई जनताप्रतिको गद्दारीमात्रै भनेका छैनन्, जनयुद्ध सपना थियो र त्यसमा लागेर गलत गरिएछ भन्ने अबस्थामा ल्याइदिएको छ । नेताहरुले जनमुक्ति सेना दिवशको संझानासम्म गरेनन् तर उनले जनमुक्ति सेनाको दिवशका दिन ज्याला मजदुरीको कुनै पनि काम गरेनन् । बरु आफ्नै लालावाला सँगै घरमै दिन बिताए ।
बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार लगाएर आफ्नो शरिरमा रहेको गोलीको छर्रा कस्ले निकाल्न सहयोग गरिदेला भनेर चिन्तित पनि देखिन्थे ।
जनताको सत्ता स्थापना गर्ने उदेश्यका साथ उनले तत्कालिन सरकारका बिरुद्ध हतियार उठाएका थिए । त्यही हतियार उठाउन अपील गर्ने नेताहरुले कहिल्यै जनयुद्धका घाइते र अपांगको समस्या बुझेनन्, सँधै सत्ता स्वार्थका लागि दौडिरहे, उनले अगाडि भने ।
सरकार र तत्कालिन माओवादीका बीचमा युद्ध थालिएको आज २७ वर्ष पुरा भयो । तर यति लामो अबधीमा पनि उनको शरिरका बिभिन्न भागमा रहेको गोलीका छर्रा निकाल्नुपर्छ भनेर कोही नेता कार्यकर्ताले सोध्नसम्म नआएको उनको गुनासो छ । चुनाका बेला ठूला नेता हरिवोल कमरेडले गोलीको छर्रा अपरेशन गरेर निकाल्नुपर्छ भन्नुभएको थियो, तर त्यसपछि उहाँले कहिल्यै खोज्नुभएन अर्पणले आफ्नो दुखेसो यसरी पोखे ।
२०५९ कार्तिक १० गते ओखलढुंगा जिल्लाको रुम्जाटार आक्रमणमा परेर २४ जना साथीहरु मारिए । हामीले उहाँलाई उठाउन पनि सकेनौं, छोडेर हिंड्नु प¥यो । त्यही क्रममा दोस्रोलाइनमा रहेका उनी र अनुपा राईसहित त्यसबेला सिन्धुलीका अन्य दाईहरु पनि हुनुहुन्थ्यो । कम्पनी कमाण्डर नरेश, प्लाटुन कमाण्डर भुताहाका प्रवीण हुनुहुन्थ्यो भने कमाण्ड इन्चार्ज अग्नी सापकोटा हुनुहुन्थ्यो । हामीहरु फौजी हमलाको तयारीक लागि सोलुको वली गाविसमा सापकोटाले राजनैतिक तथा फौजि प्रशिक्षण सकेर अगाडि बढिरहेका थियौं । सो कुराको जानकारी सेनाले थाहा पाइसकेको रहेछ । त्यही भएर हामीले भन्दा अगाडिनैं सेनाले फायर खोलेपछि दोहोरो गोली हानाहान त भयो, हाम्रो तर्फ ठूलो क्षति भयो । संख्यात्मक हिसावले हामी ३ सयको संख्यामा रहेपनि भूगोलको पर्याप्त ज्ञान नभएकाले क्षति व्यहोर्नु परेको उनको भनाई थियो ।
त्यही घटनामा घाइते भएपनि उपचारको शिलशिलामा बसेका उनी क्रमश पार्टीको सम्पर्कबाट बाहिरिए । युद्धको भारी बिसाएर नेकपा माओवादी शान्ति प्रक्रियामा आएर सेना र हतियार एकै ठाउँमा राख्ने भएका बेला उनलाई पनि त्यहाँ जान मन लागेको थियो । जनयुद्धमै सामेल नभएका कैयन युवाहरु सेना समायोजनका नाममा जागिर खान त्यहाँ गएको देखेका उनलाई कसैले पनि त्यहाँ पठाएनन् । उनीसँगैका साथीहरुले सरकारबाट भरणपोषण बापत ठूलै रकम हात पारे तर उनले जनसेमा सामेल भएर शरिरमा गोलीको छर्राबाहेक केही पनि पाउन सकेनन् । नत सिन्धुली जिल्लामा उनको नाम घाइतेको सुचिमै सुचिकृत छ नत उपचारका लागि कसैले पहलनैं गरिदिएका छन् । उनी भन्छन्ः देश र जनताको मुक्ति र सामाजिक न्यायका लागि हतियार उठाईयो, अहिले तीनै नेताहरुको अबस्था हेर्दा घिन लागेर आउँछ । झण्डै तीन वर्षसम्म माओवादी जनयुद्धमा संलग्न भएका उनी दैनिक दालादारी काम गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।
५ छोरी र श्रीमतीको साथ कमलामाई नगरपालिका १ कुसुमटारमा बस्दै आएका उनले आफ्नो उपचारमा सघाउन सरोकारवाला सबैमा अपीलसमेत गरेका छन् । सिरहाको लाहान आक्रमणमा पूर्वी पहाडबाट रकेट लञ्चर बोकेर संलग्न भएका उनले विभिन्न आक्रमणको अनुभवसमेत सुनाएका थिए । लाहानमा रहेको राष्ट्रिय बाणिंज्य बैंकबाट कब्जामा लिइएको झण्डै तीन करोड रुपैयाँ ४० जना जनसेनाले बोकेर लगेको र त्यो रकम पार्टी केन्द्रलाई बुझाएकोसमेत उनले स्मरण गरेका छन् ।