कमलामाईका दुई विद्यालयमा छिन्जु युनिर्भसिटीका प्राध्यापकले गराए अनलाइन पठनपाठन

सिन्धुलीको कमलामाई नगरपालिकाका दुई माध्यमिक विद्यालयमा बन्दाबन्दीको सदुपयोगगर्दै छिन्जु नेशन युनिर्भसिटी र एजुकेशन दक्षिण कोरियाले तीन दिने अनलाइनमा आधारित शैक्षिक सिकाई आदान प्रदान गरेको छ ।
जिल्ला सदरमुकाम स्थित नमुना माध्यमिक विद्यालयका रुपमा फड्कोमार्दै गएको सिद्धबाबा मावि र गाड्यौली माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई लक्षितगर्दै शैक्षिक सिकाई आदान प्रदान गरिएको कमलामाई नगरपालिका शिक्षा शाखाका फोकल पर्सन जगत आलेले जानकारी दिए । उनका अनुसार छिन्जु युनिर्भसिटी अनलाई कक्षा आदान प्रदान कार्यक्रम जोड्ने तारतम्य भने काठमाडौं विश्वविद्यालयले जुटाइदिएको हो । गत माघ २४ देखी २६ सम्म ३ दिने अनलाइनमा आधारित शैक्षिक आदान प्रदान कार्यक्रमले कोभिड संक्रमणका बेला कसरी शैक्षिक कृयाकलाप सञ्चालन गर्न सकिन्छ र विद्यार्थी कसरी सहजै बुझछन् वा बुझाउन सकिन्छ भन्ने विषयमा राम्रो अनुभव आदान प्रदान भएको सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेको भनाई छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र भौतिक बन्दावन्दीको समयमा विद्यार्थीहरुलाइ विज्ञान र गणित विषयसँग सम्वन्धित सूचना प्रविधी र विषयगत क्षमता अभिवृद्धि गराउनु अनलाईन कक्षाको मुख्य उदेश्य रहेको शिक्षा सहजकर्ता आलेको भनाई छ ।

No description available.

छीन्जु राष्ट्रिय विश्वविद्यालयका विषय विज्ञहरु तथा विद्यार्थीहरुवाट सहजीकरण भएको कार्यक्रमममा कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले अनलाइन कक्षा सञ्चालन भइरहेको कक्षाकोठामा उपस्थित भइ विद्यार्थीहरुको सिकाइ अवलोकन तथा थप सिकाइका लागी उत्प्रेरणा समेत प्रदान गरेका थिए । त्यसैगरी कोरिया स्थित छिन्जु विश्वविद्यालयका प्रा डा. योङ्ग कि हंग (Young ki Hong ) तथा कमलामाई नगर शिक्षा अधिकारी शङ्करराज लुइटेलले आगामी दिनमा समेत थप सहकार्य गर्दै यस किसिमका कार्यक्रम सञ्चालन गरिने कुरामा जोड दिनुभएको थियो। ३ दिन संचालन भएको कार्यक्रममा छिन्जु विश्वविद्यलाय (Chinju National University of Education South Korea) बाट प्राप्त भएको विभिन्न शैक्षिक सामग्री समेत विद्यालयलाइ उपलव्ध गराइएको थियो ।
कमलामाई नगरपालिकाको दुई विद्यालयसँगै मरिण गाउँपालिकाको खयरसाल माध्यमिक विद्यालयमा पनि तीन दिने अनलाईन सिकाई कक्षा सञ्चालन भएको थियो । सिन्धुली जिल्लाका तीन विद्यालयमा गरी ७५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कोभिड १९ महामारीको भौतिक बन्दाबन्दी बाबजुत अनलाइन मार्फत विश्वविद्यालय र विद्यालयका शिक्षक विद्यार्थीलाई अनलाइन मार्फत जोड्न प्राविधिक सहयोग शिक्षा सहजकर्ता आलेले गरेका थिए ।
सिन्धुलीको कमलामाई नगरपालिका र कोरियाको छिन्जु नेश्नल यूसनर्भसिटी बीच विगत केही वर्षदेखी शैक्षिक तथा प्राविधीक ज्ञान र शिप आदान प्रदान गर्ने कार्यक्रम हुँदै आएको छ । कमलामाई नगरपालिका र छिन्जु विश्वविद्यालय बीच भगिनी सम्बन्ध स्थापित गराइदिने काम काठमाडौ विश्वविद्यालयले गरेको थियो । (साभारः कमलामाई फिचर सेवा)

No description available.
सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीका विद्यार्थीहरु अनलाइन कक्षामा बस्दै ।