सिन्धुलीको कमलामाई नगरपालिकाः स्थानीय स्तरमा कार्यान्वयन हुँदै संघीयता !

देश संघियतामा गएसँगै स्थानिय सरकारले गाँउमै सरकार रहेको अनुभुती दिन थालेको ५ वर्ष पुरा हुने चरणमा छ । आफ्ना जनतालाई सरकारको प्रत्यक्ष अनुुभूति गराउनेतर्फ स्थानिय सरकारका र त्यसका अधिकारीहरुको सक्रियताले आधारभूत तहका जनतामा संघीयताको थेरै भएपनि महशुस गरिरहेकै छन् । जनताका दुःख सुखमा स्थानिय सरकारको उपस्थिती जनाएपछि आम सर्वसाधारणले पनि आन्दोलनबाट प्राप्त उपहारका रुपमा आएको संघियताको सकारात्मक पक्षको महसुस गर्न थालेको बामपन्थी विश्लेषक एकलाल श्रेष्ठको बुझाई छ ।
गाउँ गाउँमा आएको सिंहदरवारका कमाण्डरका केही कमजोरीहरु देखिएपनि उनीहरुले आफ्नो राजनैतिक जगमा उभिएर गरेका कामहरुले संघीयतालाई आम जनमानसले सकारात्मक रुप्मा बुझेका छन्, भने केही जनप्रतिनिधीले आफुलाई केन्द्रमा राखेर बिकासमा समानुपातिक बितरण गर्न नसक्दा आन्दोलनको बलमा स्थापित भएको संघीयतालाई पनि सहज बनाईदिएको र जनतानैं राज्यसत्ताका असली हकदार म मात्रै हुँ भन्ने तथ्यलाई पनि स्थापित गराउँदै लगेको उहाँको बुझाई छ । जनताका आधारभूत आवश्यक्ताहरुनैं स्थानीय सरकारका योजना बन्ने गरेका छन् । जसले नागरिकलाई सिंहदरवारको प्रत्यक्ष अनुभूति पनि दिंदै आएको छ, सामाजिक विकासको मनोविज्ञान बुझेका कांग्रेस नेता माणिक ढकालको निश्कर्ष छ । विश्लेषक श्रेष्ठ र ढकाल यस आर्थिक वर्षका जनता केन्द्रीत विकासका योजनाहरु कार्यकर्तालाई खुशी पार्नका लागि वितरमुखी बनेको र त्यसले अहिलेको व्यवस्थाकै लोकप्रियतामा प्रश्न उठाइरुहेकोमा चिन्तित पनि देखिनु हुन्छ । कमलामाईले ५ वर्षे कार्यकालमा नगरको शिक्षा क्षेत्रमा उल्खेख्य सुधार गर्नुका साथै आधारभूत नागरिकहरुलाई केन्द्रीत गरेर ‘खरको छानो हटाउने’ कार्यक्रमको कार्यान्वयन, गरिव बिपन्न तथा शहिद परिवारसहितको एक हजार बढीलाई गरिएको निःशुल्क स्वास्थ्य बिमा, मोतिया बिन्दु तथा आङखस्ने रोगको निःशुल्क अपरेशन, १ सय वर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि निःशुल्क दैनिक १ लिटर दुध र सुत्केरी महिलाका लागि प्याकेज लगातयको कार्यक्रम कार्यान्वयनले जिल्लामा स्थानीय सरकार भएको अनुभूति गराइरहेको छ ।
श्रेष्ठ र ढकाल मात्रै होइन, शहिद पत्नी सावित्री श्रेष्ठ ५ वर्ष अगाडि हाम्रा स्थानीय जनप्रतिनिधीले गरेका बाचाहरु कति पुरा भए र कति भएनन् ? भन्ने बारे सचेत नागरिकले प्रश्न उठाउने बेला भएको बताउनु हुन्छ । राम्रो काम गर्नैहरुको खुलेर प्रशंसा गर्नु पर्छ र खराबहरुको आलोचना गर्न सक्नु पर्छ भन्दै उहाँले अगाडि भन्नुभएको थियोः सिन्धुलीका स्थानीय तहहरु मध्ये कमलामाई नगरपालिकाले जसरी काम गरेको छ, त्यसलाई हामी सबैले राम्रो काम भनेर स्वीकार्नै पर्छ । तत्कालिन एमाओवादीका तर्फबाट उपमेयर पदका प्रत्यासीसमेत रहनु भएका श्रेष्ठ अहिले निर्बिवाद ढंगबाट कमलामाई नगरपालिकाले जसरी काम अन्य पालिकामा हुन नसकेको उहाँको भनाई छ । १० वर्षे माओवादी जनयुद्धको जगमा टेकेर विजयी बनेकाहरुले घाइते अपांङ र शहिद परिवारलाई संझनैं नसकेका बेला कमलामाईले सरकार भएको अनुभूति गराइरह्यो, त्यो अत्यन्त प्रशंशनीय छ, उहाँको भनाई थियो ।
नगरपालिकाका प्रवक्तासमेत रहनुभएका कर्ण घिसिङ भन्नुहुन्छः नगरक्षेत्रभित्रमा १४ वटै वडामा रहेका विपन्न, गरिव तथा असहायको खरको छाना हटाई प्रत्येक जनताको घरलाई सुरक्षित मात्रै होइन, सबैलाई समान बनाउने उदेश्यले राखेर काम थालेका थियौं, जुन निर्वाचनका बेला हामीले बोकेर हिंडेको चुनावी घोषणापत्रमा उल्लेख थिए ।
कोभिड विरुद्धको निरन्तर अभियान होस् वा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमनैं किन नहुन्, ती सबैलाई सहजतापूर्वक कार्यान्वयन गर्न सफल भएका छौं, सुचना अधिकारी निर्मल लामा बताउनुहुन्छ । उहाँका अनुसार यस आर्थिक वर्षमा गरिने भनिएका आधा भन्दा बढी योजनाहरु अन्तिम चरणमा पुगिसकेको र आर्थिक वर्षको अन्त्यसम्म कुनै पनि योजना बाँकी रहने छैन । किनकी विगतका अनुभवले जनताको विकास निर्माणको चाहनामा अबरोध गराउनु हुँदैन भन्ने तर्फ कमलामाई नगरपालिकाको सिंगो टिम सचेत छ । त्यही भएर पनि बनियोजित योजनाहरु सबै कार्यान्वयनको चरमा प्रवेश गरिसकेकाछन् ।
आफ्ना योजनालाई समेत एक पछि अर्कोगर्दै नगरपालिकाले कार्यन्वयन गर्दै आएको देखिएको छ । यसले जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ । सिंहदरबारले जति अधिकार स्थानिय सरकारलाई दिएको छ त्यो स्थानिय सरकारले गाँउगाँउमा पु¥याएर जनतालाई अनुभुति दिने काम गर्दै आएको देखिन्छ । जनताको अपेक्षा धेरै छ त्यसलाई ट्वाक्कै एकैपटक गाँउमा पु¥याउन सकिएको छैन होला । तर हामीले हाम्रो बल बुताले भ्याएसम्म जनताले पाउनुपर्ने सेवा सुविधाको हकमा कुनै कन्जुस्याई गरेको छैन, कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले भन्नुभयो । (साभारः कमलामाई फिचर सेवा)