नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।
शनिबार ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ५ हजार २२५ पीसीआर तथा ३ हजार २८८ एन्टिजेन परीक्षण भएको छ।











