गठबन्धन सरकार बिरुद्ध एमाले सम्बद्ध युवा विद्यार्थीहरुको सिन्धुलीमा प्रदर्शन (फोटो फिचर)

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज सँझ सरकार विरुद्ध सिन्धुलीमा प्रदर्शन गरेका छन् ।
महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले सदरमुकाम सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
सो मसाल जुलुस एमाले पार्टी कार्यालयबाट सुरु भएर बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग गरेका थिए ।भने स्थानीय तहको चुनावको तत्काल मिति तोक्न समेत माग गरेका थिए ।

No description available.
No description available.
No description available.
No description available.