तेजाब लगाएत जलन पिडितहरुको सेवामा सक्रिय रहनु हभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियान्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमका वीच अभिनन्दन गरिएको हो ।
सिन्धुली पुख्र्यौली घर भई सामाजिक सेवामा अनवरत रुपमा क्रियाशील रहँदै आउनुभएका थापा पछिल्लो समय तेजाब लगायत जलन पीडितहरुको सेवामा सक्रिय हुनुहुन्छ । अभियान्ता थापाको विशेष पहलमा सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नुभयो । फलस्वरुप सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७८’ ल्याएको छ । जुन ऐन संसदबाट पास भइसकेको छ ।
गरिब, पीडित र असहायका लागि थापाले उठाउनु भएको आवाजलाई र सिन्धुलीबासी तथा समग्र नेपाली नागरिकको स्वास्थ्योपचारका लागि पुर्याउनुभएको योगदानका साथै अन्य सामाजिक सेवाको प्रशंसा गर्दै फोनिज सिन्धुलीले अभिनन्दन गरेको छ । थापाले भुकम्प पिडितलाई ५ सय ७६ ओटा अस्थायि टहरा निर्माण गरी हस्तान्तरण समेत गरको थियो । थापाले लामो समय देखि तेजाव पिडितहरुलाई सहयोग गर्दै आई रहनु भएको छ । थापाको एकल सहयोगमा १८ वर्ष मुनिका बालबालिकालाई सुस्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुभएको छ ।










