सीमा विवादबारे बोल्यो नेपाल सरकार : एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह

sf7df8f}F, @ df3 . ;~rf/ tyf ;"rgf k|ljlwdGqL 1fg]Gb|axfb'/ sfsL{ cfO{taf/ dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf g]kfn ;/sf/ dlGqkl/ifbsf] a}7sn] u/]sf lg0f{ox? ;~rf/sdL{x?nfO{ hfgsf/L lb+g'x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

भारतसँगको सिमा विवादबारे नेपाल सरकारले मुख खोलेको छ । 

सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।  

नेपाल सरकारको धारणा सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देशबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

कार्कीले ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको बताए  ।

भारतले नेपाल सरकारलाई आफ्नो अडान बताइसकेको भनेर वक्तव्य जारी गरेको भोलिपल्ट नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।