नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत आज साँझसम्म भएको निर्वाचनका क्रममा ९ सय चार मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ७ बजेसम्म भएको मतदान प्रक्रियामा उक्त मत खसेको हो ।
प्रदेशखबरलाई प्राप्त बिबरण अनुसार जनवर्गी संगठन र आयोजक समूहबाट ८ सय ८५ मत खसेको छ । सुनकोशी मरिण र हरिहरपुरगढीबाट १३५, कमलामाई गाउँपालिकाबाट १४३, दुधौली नगरपालिकाबाट १४३, गोलन्जोर ध्याङलेख र फिक्कलबाट १०८ र तीनपाटन गाउँपालिकाबाट ९० मत खसेको छ । एमालेको कुल मतदाता ९२३ मध्ये ९०४ मत मात्रै खसेको हो । मतगणना १० बजेबाट शुरु हुने बताइएको छ । एमालेमा अध्यक्ष प्रदीप कटुवाल र रामकुमार कार्की बीच कडा प्रतिस्पर्धा देखिएको आँकलन गरिएको छ ।
उपाध्यक्षमा कर्णवहादुर घिसिङ, जगदीस तोलाङ्गे र विनोदकुमार खड्का, उपसचिव खड्ग रजन धिरज, नवराज थिङ्ग, मञ्जु देवकोटा र रश्मिला देवकोटा बीचमा पनि प्रतिस्वर्धा रहेको मतदान स्थलमा चर्चा चलेको छ ।












