नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत भएको मतगणनामा ४८८ सय मत प्राप्तगरी कुमारवहादुर कार्की राम कुमार अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको निटकतम् प्रतिस्पर्धी प्रदीप कटुवालले ४ सय ८ मत प्राप्त गर्नुभएको छ । हिजो भएको मतदानमा जम्मा ९ सय ४ मत खसेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा कर्णवहादुर घिसिङले ४४९ मत प्राप्तगरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिस्पर्धी विनोद खड्काले ४०४ मत प्राप्त गर्नुभएको थियो भने जगदिश्वर तोलांगे ले २१ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपसचिवमा रश्मिला देवकोटाले ४६५ र मञ्जु देवकोटाले ४४५ मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँहरुको निकटतम् प्रतिस्र्धी खड्ग रजन धिरज ३०८ र नवराज थिङ्ग ४४० मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन परिणाम घोषणा भएपछि अध्यक्षका प्रत्यासी प्रदीप कटुवालले निर्वाचित अध्यक्ष कार्कीलाई बधाई दिनुभएको छ । उहाँले प्रजातान्त्रिक अभ्यासबाट सिन्धुलीको जिल्ला नेतृत्व चयन हुनुभएकोमा बधाई दिनुभएको हो ।











