जन कल्याण सहकारीले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ मनायो

सुनकोशी गाउँपालिका स्थित जन कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ मनाएको छ । । साधारणसभा शुरु हुनु अगाडि सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । साधारणसभाले चक्रवहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देबेन्द्र प्रसाद आचार्य, सचिब मनोज श्रेष्ठ, कोषाध्यक्ष शुदर्शन आचार्य र सदस्यहरुमा पवन आचार्य, मदन आचार्य, सीता श्रेष्ठ, राम बहादुर लामा, अम्बिका चौलागार्इ र लेखा समिति संयोजकमा राजेन्द्र कुमार श्रेष्ठ र सदस्यहरुमा सबिन पुरी र मेनुका गिरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

No description available.

साधारणसभामा बार्षिक आय व्यव बिबरण प्रस्तुत गरिनुका साथै सहकारीले एक वर्षमा गरेको आम्दानीका विषयहरु पनि सार्वजनिक गरिएको थियो ।

No description available.

धनजंग थापाबाट