सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल माओवादीको केन्द्रीय सदस्यमा समेटिए

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयनगर्दा सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल समेटिनु भएको छ । माओवादीले पदाधिकारीको टुंगो लगाउन थाँती राखेर केन्द्रीय सदस्यमात्रै चयन गरेका छन् । माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।

आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने बताएका हुन् ।

उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।