आफ्नो ज्यानको पर्वाह नगर्ने मेयर सराबगी

Image may contain: one or more people, people standing, people sitting and indoor

बिरगंज महानगरका मेयर आदरणीय विजय कु. सरावगी को सक्रियता लाई हेरेर सबै दङ्ग छन।आज पुरा बिस्वमा करोना को संक्रमणले गर्दा भय र त्राश को स्तिथी देखा परेको छ। बिस्वका आफुलाई महाशक्तिशाली रास्ट्र हरु को अवस्था पनि ज्यादै नै दैनिय बनेको छ भने लाखौं मानिस हरु मृत्यु को मुखमा पुगिसकेका छ्न लाखौं लाख मानिस हरु सन्क्रमित भएका छ्न।

यस्तो अव्स्थामा हाम्रो देश पनि लगभग आज एक महिना देखी पुर्ण रूपमा लकडाउन को अवस्था मा छ।चारै तिर भय र त्राश को स्तिथी देखा परेको छ। आज गरिब निमुखा दैनिक कामएर आफ्नो परिवार चलाउने श्रमजिवि परिवार लाई जयादै नै अप्ठ्यारो परेको छ भने यसबाट हाम्रो बिरगंज पनि अछुतो रहेको छैन झन बिरगंज नेपाल कै आर्थिक राजधानी भएको र कलकरखाना हरु को हब रहेको र महानगर बनाउने चक्करमा सोर्ह वटा ग्रामीण वार्ड हरुलाई जबर्जस्ती जोडियो भने ति वार्ड हरु को अवस्था हेर्दा ज्यादै नै दैनिय रहेको छ भने ति वार्ड हरु पुर्ण रूपमा ग्रामीण भएको र 90% भन्दा बढी मानिस हरु गरिबी अवस्था भएको र दैनिक कमाएर खाने परिवार छ्न। यस्तो अवस्थामा हामी कल्पना गर्न सक्छौ कि आज एक महिनाको लकडाउन मा त्यो परिवारको कस्तो अवस्था होला ।म यो किन लेख्दै छु भने केहि मनिसहरु यस्तो अवस्था मा पनि राजनितिक गर्न छोडेका छैन्न।
आज पुरै नेपाल को स्तिथी हेर्दा बिरगंज महानगरपालिका जति अगाडि बढेर आफ्नो बिरगंजबासी को लागि जति काम गरेको छ त्यति सायदै कसैले गरेको होला। नेपाल मा लकडाउन को घोषणा हुनै अरु हरु कसरी गर्ने सोचिरहेको बेला बिरगंजका मेयर सरावगी ले आफ्नो ज्यानको समेत प्रवाह नगरी आफै राहत लिएर वार्ड मा पुग्न थाले आफै घर घरमा पुग्न थाले भने त्यो बेला पनि केहि मनिसलाई यो काम पचेन र समाजिक संजाल बाट टीकाटिप्पणी गर्न थाले तर मेयर ति फटहा हरु को कुरामा धयान नदिई अगाडि बढदै गए प्रदेश र केन्द्र राहत कसरी बाडने निति बनाउदै गर्दा त्यो भन्दा पहिला नै महानगरको बोर्ड बैठकबाट वार्ड वार्डमा राहत वितरण गर्न एक देखि साढे चार लाख सम्म राहत अनुदान उपलब्ध गराए भने महानगरबाट हेल्प लाईन नम्बर समेत जारी गराए यस बाट कहि बाट कोई पनि कुनै किसिमको राहत र सहयोग को लागि फोनबाट कुरा राख्न सक्ने र तुरुन्तै त्यसता परिवार लाई नगरप्रहरी मार्फत राहत पुर्याउन बेवास्था गरे र यसबात सिधै हरेक दिन राहत पुर्याउने काम हुन्छ कसैलाई रेकर्ड चहियो भने महानगरबाट लिन सक्छ।केन्द्र र प्रदेश ले राहत वितरण को कार्यबिधी निकाले पछि महानगरले फेरी दोश्रो चरणको राहत वितरणको लागि हरेक वार्डहरुमा गरिब र श्रमजिवि को लागि फर्म भर्न पठायो र सर्बद्लिय र सर्बपक्षीय समिति मार्फत राहत वितरण गर्ने निर्देशन गरियो त्यस्पछी ३२वटा वार्ड बाट करिब ३२हजार चार सय जति फर्म भरेर पठाईयो भने महानगरले बोर्ड बाट निर्णय गरेर नै कोई पनि गरिब राहत बाट बन्चित नहोस भनेरै मेयर साबले खधान्य समाग्रीहरु वार्डहरु मा उपलब्ध गराए र लगभग सबै वार्डहरुमा धमाधम वितरण पनि भईरहेको छ भने बिकासको काम पछि पनि गर्न सकिन्छ भनेर यो महामारीमा जनता हरुको घरमा चुल्हो ननिभोस भनेर सारा बिकासको बजेट समेत मेयर सरावगीले रोक्नु भएको छ।
यसरि मेयर विजय सरावगी आज काल बिहानै देखी नै वार्ड हरुमा राहत वितरणको अनुगमन गर्ने देखी लिएर करेन्टाइनहरु को बय्वस्थापन विभिन्न वार्ड हरुमा रहेको स्वाथ्य चौकी मार्फत बिरगंज बासीहरुको स्वास्थ अव्स्था को बारेमा जानकारी लिने भन्सार ,ICP र DRY PORT मा खटेका हाम्रो स्वास्थकर्मि साथीहरुबाट त्यहाको अवस्था को बरेमा जनकारी लिने लगायत लगभग हरेक काममा अहिले अवस्थामा घरबाट मानिस निसकन डराई रहेको अवस्थामा आफ्नो ज्यान को समेत पर्वाह नगरि हरेक ठाउहरु मा मेयर सरावगी आफै पुगने गरेका छ्न भने हामीले हेरेकै छौ ।

आज हामी धेरै समाजिक संजाल वा समाचार का विभिन्न माध्यम बाट दैनिक सुनिरहेका छौ कि कतै कुहिएको चामल मिल्यो त कहि खधान्य समाग्री को अभाव छ भने कहि जनप्रतिनिधि नै खाद्यान्य समाग्री को अभाव देखाएर आफ्नो गोदाम मा लुकाएर राखेका छ्न भने कहि आलुको बयापारमा लागेका छ्न। तर हाम्रो बिरगंज मा वार्ड हरुमा एक दुई ठाउमा सानो तिनो बिबाद बाहेक चारै तिर धेरै राम्रो सङ्ग राहत वितरण भएको छ भने यसको सम्पुर्ण क्रेडिट मेयर विजय सरावगी र बोर्ड लाई जान्छ।आज बिरगंज महानगरको कार्यहरुको चारैतिर चर्चा भैइरहेको छ भने केही बयक्तीलाई यस्तो बिकट घडीमा मेयरले गरेको काम ले गर्दा छ्टपटि भैइरहेको छ केहि बुद्धि नलागेपछि आफ्ना आसेपासे मर्फत समाजिक संजालमा गलत सलत कुरा लेखाउनमा बेचारा हरु बयस्त छ्न यसबाट केहि प्रभाव पर्ने वाला छैन सबलाई थाहा छ कि को कस्तो छ ।
अन्त्मा म मेयर साब लाई पुन एउटा बिरगंजबासि तर्फ बाट वहाले आफ्नो ज्यानको समेत पर्वाह नगरि बिरगंज बासीहरुको लागि दिनरात खटिरहनु भएकोले वहाँ लाई हृदय देखी नै धन्यवाद दिन चाहन्छु।

मुकेश द्धवेदी