एमाले सिन्धुली जिल्ला इन्चार्जमा पहाडी

नेकपा एमालेले १० औं महाधिवेशनपछि जारी दोस्रो पूर्ण बैठकले कार्यविभाजनगर्दै सिन्धुली जिल्ला इन्चार्जमा गणेशकुमार पहाडीलाई तोकेको छ । पुस १ गते पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनमा संघीय सांसद एवम् केन्द्रीय सदस्य पहाडीलाई सिन्धुली जिल्ला इन्चार्ज तोकिएको उल्लेख गरिएको छ ।