कांग्रेस उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
१४ औं महाधिवेशनमा उपसभापति पदमा भएको मतदानको गणना पार्टी कार्यालय सानेपामा बुधबार साँझ सुरु भएको हो।
उपसभापतिको मत परिणाम राति १० बजेसम्म आउने निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिए।
दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।
कांग्रेस उपसभापतिको मतगणना भइरहेको स्थलमा पुगेर देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही तस्बिरहरु खिचेकी छन्।











