सिन्धुलीका तीन एमाले नेता केन्द्रीय सदस्यमा मनोनित, केन्द्रीय सदस्यको संख्या ७ पुग्यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सिन्धुलीका तीन जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले सिन्धुलीका नेताहरु बिषमलाल अधिकारी दनुवार, उमा कोइराला र युवा नेता सुवास देवकोटालाई सिन्धुली जिल्लाको भूगोलबाट केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यसरी मनोनित हुनेमा देवकाटो नयाँ अनुहार मानिन्छन् । पत्रकारिता पेशामा संलग्न देवकोटा शहिद आजादका पुत्र हुनुहुन्छ । यस अगाडि चितवनमा जारी १० औं महाधिवेशनबाट गणेशकुमार पहाडी, मनोजजंग थापा, कमलजंग राई र निरु दर्लामी शिला केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित हुनुभएको थियो ।