नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको हो ।
एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ। त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ। बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।