डरत्रास मुक्त नेपाल र तीनै तहमा कांग्रेसको सरकार बनाउन मलाई सभापतिमा फेरि जिताउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्।

पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए।

प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि देशमा डरत्रास र तानाशाही शासनको अन्त्य भएको दाबी गरे।

उनले भने, ‘मेरो सरकार बनेपछि डरत्रास हटेको छ। म प्रधानमन्त्री भएपछि ओलीको शासनबाट जनताले मुक्ति पाएका छन्। त्यसलाई बचाउने हो कि नबचाउने हो? त्यो यो महाधविशेनले तय गर्छ।’

उनले तानाशाही शासनको अन्त्यका लागि फेरि पनि कांग्रेसको सरकार चाहिने र त्यसका लागि आफू नै सभापति हुनुपर्ने बताए।

‘अब तानाशाही सरकारले नओस् भन्नका लागि कांग्रेसको सरकार चाहिन्छ। त्यो मेरो जिम्मा भयो।

प्रतिनिधिहरु जो आउनुभएको छ, सर्वसहमति वा प्रतिस्पर्धाबाट आउनुभएको छ, देउवाले अगाडि भने, ‘कांग्रेसको सरकार रह्यो भने स्थानीय र केन्द्रको सरकार कांग्रेसको बन्ने छ। त्यसका लागि मलाई जिताइ दिनुहोस्।’

देउवाले दोस्रो कार्यकालका लागि पुनः सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। उनले पार्टीको आन्तरिक चुनावले राष्ट्रिय चुनावमा असर पर्न नहुने बताए।