समाचार प्रभावः सिन्धुलीका मेडिकलहरुमा औषधी व्यवस्था विभागको छापा, सञ्चालकहरु फरार, केही मेडिकल शिल गरियो

औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार अखबारको अनलाइन संस्करण प्रदेशखबर डटकले महत्वका साथ प्रकाशन गरेको थियो ।
औषधी व्यवस्था विभाग बीरगञ्जबाट खटिएको तीन सदस्यीय अनुगमन टोलीले जिल्लाको पूर्वी क्षेत्र दुधौली नगरपालिका र सदरमुकाम स्थित कमलामाई नगरपालिकामा सञ्चालित औषधी पसलहरुको अकस्मात अनुगमन गरेपछि बिना दर्ता सञ्चालित र अरुको लाइसेन्स भाडामा लिएर जनस्वास्थ्यमाथी खेलवाडगर्दै औषधी पसल सञ्चालन गर्नेहरुको भाड दौड मच्चिएको थियो । दुधौलीमा सञ्चालनमा रहेका १२ वटा औषधी पसल मध्ये केहीमा विभागका टोलीले छापामारी गरेपछि बिना दर्ताका औषधी पसल सञ्चालकहरु बन्द गरेर भागेका थिए । दुधौली नगरपालिका कार्यालय अगाडि बिना दर्ता सञ्चालनमा आएको ह्याण्ड्स र एक अर्को पोलिक्लिनिकमा शिल गर्नुका साथै ८ वटा औषधी पसलको अनुगमन गरी आवश्यक कागजात विभागमा बुझाउन र उपस्थित हुन भनेको छ । विभागका औषधी निरिक्षकहरु सरफराज अहमद खाँ, डा. चन्देश्वर यादव र दिपेन्द्रकुमार साहको टोलीले कमलामाई नगरपालिका स्थित सिन्धुली सदरमुकाममा सञ्चालित औषधी सलहरुको अनुगमन गरेको थियो । बिहिवार कार्यालय समय १० बजेनैं अस्पताल गेटमा रहेका औषधी पसलहरुका पसेर कागजात मात्रै होइन म्याद गुज्रेका र बेच्न नहुने सुचीका औषधी बिक्री बितरणको अबस्था वारे अनुसन्धान गरेको थियो । औषधी व्यवसाय गर्न पाउने इजाजत पत्र भाडामा लिएर सिन्धुली अस्पताल गेटमा सञ्चालन भइरहेको लक्ष्मी फार्मेसी शिलबन्दी गरेको छ । त्यस क्षेत्रका औषधी पसलमा अन्य सामाग्रीहरु पनि बेच्न राखिएकाले उनीहरुलाई औषधी व्यवस्था विभागमा उपस्थित हुन भनेको छ । त्यसैगरी स्टलवजारमा रहेको बबी मेडिकल हल र अमरेश मेडिकललाई पनि विभागको कार्यालय बीरगञ्जमा उपस्थित हुन भनेको छ । विभाग स्रोतका अनुसार मेडिकलमा औषधी भन्दा अन्य सामाग्रीहरु राखेकाले ती मेडिकललाई कारबाहीका लागि विभागमा डाकिएको हो ।

यस अगाडि सिन्धुलीका ९ वटै स्थानीय तहका ग्रामिण इलाकाहरुमा सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएका र अन्य मानिसकै लाइसेन्स भाडामा लिएर सञ्चालन गरेको डरलाग्दो बिबरण बाहिर आएको थियो । ।
जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि औषधी व्यवस्था बिभागले तोकेको न्यूनतम् मापदण्डहरु कार्यान्वयन नगरी सञ्चालनमा आए पनि नियमनकारी निकायको मौनताले जोखिम बढाएको स्थानीयको गुनासो बढ्न थालेपछि समाचार प्रकाशन भएको थियो ।
सिन्धुली जिल्लाको फिक्कल, सुनकोशी, गोलन्जोर, ध्यांगलेख, हरिहरपुरगढी, मरिण, तीनपाटन, कमलामाई र दुधौली नगरपालिकामा बिना इजाजत मेडिकल सञ्चालनमा आइरहेको पाइएको छ । केही मेडिकलहरुले इर्ने भएपनि अन्य व्यक्तिलेनैं बेचविखन गरिरहेको देखिएको छ । सिन्धुली जिल्ला सदरमुकाममा ८ वटा मेडिकलले मात्रै औषधी व्यवस्था विभागबाट इजाजत लिएको र लिएका मध्ये पनि अरुकै लाइसेन्स भाडामा लिएरु मेडिकलमा अन्य व्यक्तिलाई राखी औषधी बिक्री बितरण गरिरहेको पाइएको छ । एक औषधी व्यवसायी भन्छन्ः कानून अनुसार त फार्मेसीमा अन्य मानिसले औषधी बिक्री बितरण गर्ने मिल्दैन, तर सिन्धुलीमा अहिलेसम्म मिलिरहेको छ ।
औषधी विक्री बितरण गर्नका लागि फर्मासिस्टनैं हुनुपर्ने कानूनी प्रावधानलाई लत्याउँदै औषधी व्यवसायीहरुले आफ्नो कामलाई निरन्तर अगाडि बढाइरह ेपनि स्थानीय प्रशासन बेखबरझैं बनिरहेको छ । यसरी बिना इजाजत सञ्चालन भएका औषधी पसलबाट उनीहरु आफैंले चिकित्सकको प्रस्किप्सन बिना विरामीहरुलाई हचुवाका भरमा औषधी भिडाउँदै आएको मरिण गाउँपालिकाको कपिलाकोट स्थित छापका एक स्थानीयले सन्देश जनप्रियलाई बताए । उनीहरुका अनुसार गाउँबाट विरामी भएर मेडिकलमा आएकाहरुलाई डाक्टरले सहर फिस लिने र आफैंले औषधी दिएर पठाउने गरेपछि त्यस क्षेत्रमा अबैध मेडिकलरु सञ्चालनमा आएको पाइएको हो । मरिण गाउँपालिकामा मात्रै होइन, सदरकुमामैं रहेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा रहेका मेडिकmहरु पनि बिना दर्ता सञ्चालनमा छन् ।
तीनपाटन गाउँपालिका २ मा रहेको एक ओलिक्नििकले तीन महिना अगाडि लापरबाही पूर्ण उपचार गरेकै कारणले एक वालिकाको अकालमा ज्यान गएको थियो । पछि उक्त घटनालाई ढाकछोपगर्दै मृतकको परिवारलाई ५ लाख दिएर मिलाइएको थियो । यस्तै घटना केही वर्ष अगाडि बबी मेडिकलले सञ्चालन गरेको पोली क्लिनिकमा पनि घटेको थियो । उक्त घटनालाई पनि पैसामा मिलाइएको थियो ।
सुनकोशी, दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि त्यस्ता अबैध मेडिकलहरु सञ्चालनमा आएको र सिएमए र अनमी अध्ययन गरेकाहरुले पनि गाउँमा त्यही पेशालाई अँगाल्दा थप समस्याहरु उत्पन्न भएको छ । अझ विषेशगरी गाउँमा हरेका स्वास्थ्य केन्द्रमा काम गरिरहेका अनमी र सिएमए कार्यकर्ताहरुले अन्य व्यक्तिको इजाजत प्रयोग गरेर मेडिकल सञ्चालन गरिरहेको र उनीहरुले प्रयोग गरेको काजगतका मालिकलाई खोजी गर्दा उनी कहिल्यै पनि त्यहाँ नआएको तथ्य पनि खुलेका छन् ।
त्यती मात्रै होइन सदरमुकाममा सञ्चालित प्याथोलोजी र पोली क्लिनिकहरुको पनि अबस्था मेडिकल सञ्चालकहरुको भन्दा पृथक नरहेको बताइन्छ । तर केही पोलिक्लिनिकले भने आफैंले एमबिबिएस डाक्टर राखेर काम गरिरहेकाछन् ।