यस्ता छन् नेपाली कांग्रेसको १४ औं महाधिवेशनका निर्णायक प्रतिनिधीहरु

आजबाट राजधानी काठमाडौमा सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा भोट दिने वास्तविक मतदाता कति छन् भनेर जो कोहीलाई पनि चासो रहनु स्वाधाविकनैं हो । प्रतिनिधिका रुपमा हलमा छिर्ने यी व्यक्तिले अब बन्ने सिंगो पार्टी नेतृत्वलाई प्रभाव पार्नेछ। त्यसैले पनि मतदाता महाधिवेशनमा महत्वपूर्ण र निर्णायक शक्ति बनिरहेको तथ्य सबैले बुझैकै छन् ।
कांग्रेस महाधिवेशनमा भाग लिन पाउने र भोटको अधिकार पाएका प्रतिनिधिहरु भातृ संगठन, विभाग तथा निर्वाचन क्षेत्रका साथै कार्यसमिति तथा मनोनीत गरी चयन भएका छन्।
कांग्रेसमा १२ वटा भातृसंगठन र १० वटा शुभेच्छुक संस्थाबाट १ सय २७ जना प्रतिनिधि सहभागि हुँदै छन्। १९५ मतदाता नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित अध्यक्ष। केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्य हुनेछन् । पाँच सय वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट अध्यक्ष सहित सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट अध्यक्ष सहित तीन जना केन्द्रीय महासमिति सदस्य छनोट गरिएको छ ।
दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट अध्यक्ष सहित चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट अध्यक्ष सहित छ जना केन्द्रीय महासमिति सदस्य चयन गरिएको छ ।
उपधारा ४ बमोजिम पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी तोक्न नसक्ने व्यवस्था छ । १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् । केन्द्रीय कार्यसमितिबाट स्वत हुने १ सय ९ जना पनि प्रतिनिधिको रुपमा भोट हाल्न पाउने छन् । मनोनीत ४० जनाले पनि निर्वाचनमा भाग लिन पाउने छन् ।
कांग्रेका विभिन्न ३७ देशमा जनसम्पर्क समिति छन् । यस पटक २९ जनसम्पर्क समितिबाट कोटा छुट्याउन १९५ जनाले महाधिवेशनमा भाग लिने छन् । कांग्रेस निर्वाचन समितिका अनुसार भारत, जापान, अमेरिका र बेलायतबाट १४ –१४ जना, जर्मनी, नर्वे, इजरायल, बहराइन, कतार, ओमन, मलेसिया, साउदी अरब, हङकङ, स्पेन, बेल्जियम, दक्षिण कोरिया, स्विडेन, अस्ट्रेलिया, पोर्जुगल, क्यानडा, मकाउ, डेनमार्क, युएईबाट ७र ७ जना र नेदरल्याण, पोल्यान्ड, साइप्रस, कुवेत, फ्रान्स र आयरल्यान्डबाट १र१ जना प्रतिनिधि आउने छन् ।
विदेशबाट १९५ जना प्रतिनिधि भोटरका रुपमा आउने छन् । केन्द्रीय निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको सूचीमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ३ सय १९ छ । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार यसमा विदेशस्थित २९ वटा जनसम्पर्क समितिबाट १ सय ९५ जना थपिनेछन् ।
जम्मा ४ हजार ५ सय ९६ जना प्रतिनिधि भोटरको रुपमा महाधिवेशनमा छिर्नेछन् । मतदान कार्य सम्पन्न नहुँदासम्म यी मतदाता महाधिवेशन छाडन् पाउने छैनन् । यी मतदाता नै उम्मेदवारको जित हार गर्ने निर्णायक बन्नेछन्।