शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि पुँजीमा रूपान्तरण गर्ने र शिक्षकहरूको अप्ठेरोमा सहयोग पुर्याउने उद्देश्यले संगठनले सहकारीको सुरु गरेको र यसले शिक्षकहरूले सेवा निवृत अवस्थामा समेत निक्कै सहयोगी बनेको बताउनुभयो । अध्यक्ष शर्माले शिक्षक सहकारी सबै हिसाबले उपलब्धिमूलक भएकाले सबै शिक्षकहरूलाई आबद्ध हुन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णहरि घिमिरेको अध्यक्षतामा सम्पन्न ११ ओैं वार्षिक साधारण सभामा संस्थाका सचिव लोकमणि तिमल्सीनाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुरुषोत्तम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट शेयर खरिद कर्ता, नियमित बचतकर्ता, अग्रिम बचतकर्ता, बाल बचतकर्ता तथा संस्थापक सदस्य मध्ये ५ जनालाई सम्मान गरिएको छ ।

जिल्ला भरिका ९८६ शिक्षकहरू सदस्य रहेको उक्त सहकारीको हाल सम्मको कुल चुक्ता पुँजी रू ७८ लाख ४८ हजार सात सय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले आफ्ना सदस्यहरूलाई शैक्षिक कर्जा, स्वास्थ्य उपचार कर्जा, ब्यबसायिक कर्जा, आवास तथा घरजग्गा खरिद कर्जा, ओैधोगिक कर्जा, सवारी कर्जा, ल्यापटप खरिद कर्जा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा नेकपा(एमाले)का केन्द्रीय सदस्य कमलजंग राई, प्रदेश सभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम पहाडी लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।