एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ।
एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो।
तालिकाअनुसार आइतबार राति १२:३० सम्म चुनावी मनोनयन दर्ता गर्ने र राति १ बजे प्रतिष्पर्धामा उत्रने सबै उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यक्रम थियो।
सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म चुनावका लागि कार्यक्रम तय भएको थियो।