आइतबार राति ढिला गरी महाधिवेशनस्थल पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई उपाध्यक्ष र घनश्याम भुसाललाई उपमहासचिवमा प्रस्ताव गरेका छन्।
यद्यपि रावल र भुसाल भने अध्यक्ष ओलीको प्रस्ताव चित्त नबुझाई चुनाव हुनुपर्ने जिकिर गरिरहेका छन्।
१९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय सदस्यहरुको सूची लिएर अध्यक्ष ओली ढिला गरी महाधिवेशनस्थल पुगेका हुन्।
रावल र भुसाल यसअघि नवौँ महाधिवेशनमा क्रमश: उपाध्यक्ष र उपमहासचिव निर्वाचित भएका थिए।











