एमालेको बन्दसत्र फेरी शुरु, सहमतिको सुची बोकर अध्यक्ष ओली हलमा प्रवेश

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदै छ । बन्दसत्रमा सबै प्रतिनिधीहरु हलभित्र प्रवेश गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसक्नु भएको छ । । आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएको थिएन ।
अध्यक्ष ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगाएका थिए ।

ओली निकट स्रोतका अनुसार सर्वाधिक पेचिलो बनेको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पोखरेलद्वयले बाजी मारेका छन्। अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाममा सहमति जुटाएका हुन्। वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दावी नछोड‍ेपछि मुख्य पदमा सहमति जुटाउन हम्मेहम्मे परेको थियो।

हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेतृत्वको  नाम पेश गर्ने सर्वाधिकार दिएको थियो। स्रोतका अनुसार बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय कन्द्रिय किमटीको पनि टुङ्गो लागेको छ। टुंगो लागेको नामलाई अध्यक्ष ओलीले केहीबेरमा सुरु हुने बन्दसत्रमा पेशगर्दे हुनुहुन्छ ।