नेकपा (एमाले) सिन्धुलीका लोकप्रिय नेता केशव देवकोटाले जारी एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । महाधिवेशन स्थलमा संवाददाताहरुसँग कुरागर्दै नेता देवकोटाले दशौं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
चितवनको सौराहामा हुने बन्द सत्रमा प्रवेश गर्नु अघि नेता देवकोटाले सिन्धुली जिल्लाका तर्फबाट उम्मेदवारी घोषणा गर्दै देशभरका प्रतिनिधीहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपील गर्नुभएको हो । एमालेको राजनीतिमा निरन्तर लागि रहेका देवकोटाले नेकपा एमालेले लिएको नीति, सिद्धान्त र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको अठोट पुरा गराउनका लागि सिन्धुली जिल्लाका तर्फबाट आफु उभिएको बताउनुभएको छ ।
उहाँले सम्बृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गराउन र एमाले लाई एक नम्बरको पार्टीका रुपमा स्थापित गराउँने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो । संवाददाताहरुसँगको कुराकानीमा नेता देवकोटाले नेकपा एमालेलाई सबै अट्ने र समेटिने पार्टीका रुपमा स्थापित गराउन आश्वयक रहेको उल्लेख गर्नुभयो ।