शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै रोकिएको परीक्षा हुने बताएका छन् ।
‘काठमाडौ र बाहिरको अवस्था फरक छ । विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ,’ शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पोखरेलले भने, ‘१२ को परीक्षा गर्नै पर्ने हुन्छ । १० र ११ विकल्प पनि आएको छ । यो पनि सकेसम्म परीक्षा गराउने पक्षमा छु ।’
आइतबार हुने मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए ।











