इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले बुझायो ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । युवा संघका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक देवराज वाइवा र अनेरास्ववियुका जिल्ला अध्यक्ष कृष्ण मोक्तानले संयुक्त रुपमा हस्ताक्षर गरिएको ज्ञापन पत्र आज दिउँसो बुझाइएको हो । ज्ञापन पत्रमा अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र इन्धनको मुल्य बृद्धि गरेको उक्त तत्काल फिर्ता नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
विज्ञप्तीको पूर्ण पाठः

सम्माननीय प्रधानमन्त्री ज्यू प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, काठमाण्डौं ।
मार्फत
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय, सिन्धुली।
विषयः ज्ञापन पत्र ।
राष्ट्रियताको पहरेदार, लोकतान्त्रिक आन्दोलनको योद्धा, सामाजिक परिवर्तनको सम्वाहक, मुलुकको अग्रगामी परिवर्तन र सामाजिक विकृति एवं विसंगति विरुद्ध सदैव आवाज बुलन्द बनाउदै जनजिविकाको पक्षमा वकालत गर्दै आएको नेता संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अग्रणी भुमिकामा रहेको जगजाहेर नै छ ।
पछिल्लो समय अदालतको परमादेशबाट बनेको अप्राकृतिक गठबन्धनको सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र इन्धनको मुल्य बृद्धि गरेको विषयप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । निरन्तर बढेको मुल्य वृद्धिको तत्काल समायोजन र कालोबजारीको तत्काल अनुगमन गरि मुल्य बृद्धि तत्काल फिर्ता नगरिए हामी सशक्त रुपमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिन चाहान्छौं । जसवाट हुनसक्ने सम्भावित क्षतिको जवाफदेहि हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपाल, सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुली नहुने व्यहोरा पत्रसाथ अवगत गराउँदछौं ।
देवराज वाईवा
संयोजक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुली
कृष्णा मोक्तान
अध्यक्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)
जिल्ला कमिटि सिन्धुली

No description available.