मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा युवा-विद्यार्थीको प्रदर्शन, प्रधानमन्त्री देउवाको पुत्ला दहन

सरकारले जनताको ढाड सेक्नेगरी गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताहरुले प्रदर्शनगर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।
विपी राजमार्गस्थित कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा सडकजामगर्दै युवा विद्यार्थीहरुले सरकारविरुद्ध चर्का नारासहित प्रधानन्त्रीको पुत्ला जलाएका हुन्।

May be an image of 4 people, people standing, people sitting and outdoors

भान्छामा दैनिक प्रयोग हुने ग्याँससहित पेट्रोल लगायतमा अत्याधिक मूल्य वृद्धिको विरोध गर्दै उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए। जनताको जिवनस्तर सहज बनाउने र विकास निर्माणमा लाग्नुपर्नेमा सरकारले जनताको ढाड सेक्ने गरि मूल्य वृद्धि गरेकाले आफूहरुले विरोध जनाएको युवासंघका देवराज वाइवाले बताए।

May be an image of outdoors

मूल्य वृद्धि फिर्ता नलिए हामी चरणबद्ध आन्दोलन गर्छौ, उनले भने, सरकारले खाने तेलसहितका उपभोग्य बस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्छ अन्यथा युवा विद्यार्थीहरुले गर्ने आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सरकार स्वमंले लिनुपर्ने चेताबनी दिए । हामी चाहान्छौं मूल्य बृद्धि बिनासर्त फिर्ता हुनुपर्छ ।

May be an image of 6 people, people sitting, people standing, fire and outdoors
May be an image of 6 people, people sitting, people standing, fire and outdoors