नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले भोली हुने एमालेको पालिका अधिवेशनलाई लक्षितगर्दै आचारसंहिता जारी गर्नुृभएको छ । केही समय अगाडि जारी गरिएको निर्देशनात्मक आचारसंहितामा नगर र गाउँपालिका कमिटीले संगठित सदस्यबाट चयन गरेका प्रतिनिधी र सम्मेलन आयोजक समिति मात्रै अधिवेशनमा सहभागी हुने बताउनु भएको छ ।
त्यसैगरी कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई बिवादित अभिव्यक्ति नदिन र अध्यक्ष मण्डलको भूमिका तटस्थ रहन कडा निर्देशन दिइएको छ । त्यसैगरी अन्तिमसम्म सर्वसम्मत कमिटी निर्माण गर्ने र नसकिए विधान बमोजिम प्रजातान्त्रिक अभ्यासमा जाने बताउँदै कुनै समस्या आएमा जिल्ला अध्यक्ष प्रदीप कटुवाल, उपाध्यक्ष प्रल्हाद पोखरेल, सचिव शान्तिमान कार्की र उपसचिव महेन्द्रदेव श्रेष्ठलाई सम्पर्क गर्न भनिएको छ ।
प्राप्त बिबरण अनुसार सिन्धुलीको ८ स्थानीय तहमा सर्वसम्मत रुपमा कमिटी निर्माण हुने बताइएको छ ।












