आपतकालिन उद्धार तथा राहत बितरणमा तत्काल परिचालित हुन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेलको आव्हान

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अबिरल बर्षाका कारण उत्पन्न प्राकृतिक बिपत्तीबाट कैलाली कंचनपुर बाँके, बर्दिया लगायत देशभरका बिभिन्न स्थानहरुमा देखिएको असहज परीस्थितीमा जनासेवामा समर्पित हुँदैं स्यमसेवी भूमिका निर्बाह गर्न राष्ट्रीय युवा संघ नेपालका सम्पुर्ण सदस्यहरुलाई बिशेष आव्हान गर्नुभएको छ ।

May be an image of 1 person and body of water

अध्यक्ष पौडेलले केही समय अगाडि सामाजिक सञ्जाल मार्फत अपील जारीगर्दे आम जनता ,किसानका समस्या, घरपालुवा पशु ,चौपायाहरुको व्यस्थापन, आपतकालिन उद्धार तथा राहत बितरणमा तत्काल परिचालित हुन सम्बन्धित भुगोल तथा स्थानिय कमिटीहरुलाई निर्देशन गर्नुभएको हो । उहाँले उद्धार कार्य
बर्दियाली कमरेडहरुबाट सुरुवात भैसकेको बताउनु भएको छ ।

उहाँका अनुसार बाढीले अफ्ठयारोमा परेकाको उद्दार, बाढीले पाकेका धान डुबाएकाहरुको खेतखेत मै गएर त्यसलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न सबैलाई भनिएको छ । त्यस अनुसार मंगलवार दिउँसो देखि बाढीले धेरै क्षति गरेको बर्दिया र कञ्चनपुरमा कार्यकर्ताहरु परिचालन भएका छन् ।

May be an image of one or more people, people standing and outdoors