नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री प्रभु साहले पछिलो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएकोमा दुख व्यक्तगर्दै सरकारलाई क्षतिपूर्ति उपव्ध गराउन माग गर्नुभएको छ ।
प्रदेशखबरसँग कुराकानीगर्दै नेता साहले ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसानहरु मर्कामा परेको बताउँदै तत्कालै क्षतिपूर्ति उलब्ध गराउन माग गर्नुभएको हो ।

बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, महोत्तारी, धनुषा, सिरहा, सप्तरी र पश्चिम तथा सुदुर पश्चिका जिल्लाहरुमा भएको क्षति प्रति गहिरो दुःख व्यक्तगर्दै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु, उहाँले अगाडि भन्नुभयो ।

