सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फेला परेपछि जनजीवन आतंकित बनेको छ । सशस्त्र प्रहरी बल अनुसार रातको समयमा कोही व्यक्तिले फालेको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीले उक्त रुपैयाँलाई घेरा लगाएर राखेको र त्यस विषयमा थप अनुसन्धान गरिरहेको छ । समाजमा आतंक मच्चाउन गलत मनसाय बोकेका मानिसले उक्त कार्य गरेको अनुमान गरिएको छ ।
