नगरपालिकाद्धारा सिन्धुली कारागारमा २२८ कैदीवन्दीहरुलाई माक्स र सेनिटाइजर बितरण

कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।
आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको उपस्थितिमा नगरप्रमुख खत्रीले उक्त सामा्रीहरु हस्तान्तरण गरेका हुन् । साथै सिन्धुली कारागारमा रहेका समसामायिक विषय तथा समस्याहरुको वारेमा पनि छलफल गरिएको जनाइएको छ । हाल अहिले सिन्धुली कारागारमा २२८ कैदीवन्दीहरु रहेका छन् ।

Image may contain: 3 people, people sitting and indoor